
राेकि राखेकाे बसमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।
दुर्घटना परि स्कुटरमा सवार दुई जनाले ज्यान गुमाएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन् । दुर्घटनामा नवलपरासीको सुनवल नगरपालिका—१, घर भइ भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र स्कुटरको पछाडि बस्ने काभ्रेपलाञ्चोक पाँचखाल–२, होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।
गएराति जडिबुटीकाे आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको बसको पछाडिपट्टिको भागमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएकाे थियो ।
उक्त राेकि राखेकाे बसका चालक दोलखा भिमेश्वर नगरपालिका–७, घर भइ काडाँघारी बस्ने २५ वर्षका सुभाष तामाङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताइएकाे छ ।