Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मनसुनी वर्षा भाेलिदेखि कम हुने

१३ शुक्रबार , भाद्र २०८२१७ दिन अगाडि

मनसुनी वर्षा भाेलिदेखि कम हुने

हाल मुलुकभर भइरहेकाे मनसुनी वर्षा भाेलिदेखि कम हुने माैसमविद्हरुले जनाएका छन् । केही दिनयता बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर भइरहेकाे मनसुनी वर्षा भालिदेखि कम हुने भएकाे हाे ।

आज देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने भएपनि भाेलिदेखि केहि कम हुने भएकाे छ । त्यस्तै आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ (नेपालको भूभाग नजिक) र पूर्वमा सरदर स्थानमा (भारतमा) रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपालतर्फ आइरहेकाले हाल बादल लाग्ने र पानी पर्ने क्रम जारी रहेको हाे ।

त्यसैगरि भाेलिबाट भने उक्त मौसमी प्रणालीमा सुधार आउने र नेपालमा मनसुनको गतिविधि तुलनात्मक रुपमा अलिकति कमजोर रहने बताइएकाे छ ।