Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

ढुङ्गाले किचेर छाउगोठमा सुतेका दुईको मृत्यु, एक घाइते

१३ शुक्रबार , भाद्र २०८२१७ दिन अगाडि

ढुङ्गाले किचेर छाउगोठमा सुतेका दुईको मृत्यु, एक घाइते

अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुङ्गाले किचेर मृत्यु भएको छ । भीरबाट खसेको ढुङ्गाले किच्दा दुई जनाको मृत्यु हुनुका साथै एकजना घाइते भएको हो ।

छाउगोठमा सुतिरहेको बेला भीरबाट खसेको ढुङ्गाले किचेर ३५ वर्षीया निम खनाल र सात वर्षकी कविताको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा कविताकी आमा घाइते भएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षकी कविताको छाउगोठमा सुतेका बेला आज बिहान ढुङ्गाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए ।

उक्त घटनामा घाइते भएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको प्रहरीले जनाएको छ ।