
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नयाँ मूल्य अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रति तोला २ लाख नाघेको छ ।
सुनको मूल्य स्थानीय बजारमा हिँजोको तुलनामा आज तोलामा १ हजार २ सयले वृद्धि भएको छ । जसअनुसार आज एक तोला सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रति तोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो भने चाँदी २ हजार ३५ सय ५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि हिँजोको तुलनामा ५ रुपैयाँले बढेको छ । नयाँ मूल्य अनुसार चाँदीको मूल्य २ हजार ३ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।