Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

श्रम डिजिटाजेसन अभियानको तयारी अन्तिम चरणमा

१३ शुक्रबार , भाद्र २०८२१७ दिन अगाडि

श्रम डिजिटाजेसन अभियानको तयारी अन्तिम चरणमा

सेवालाई छिटोछरितो, पारदर्शी, जनमुखी र झन्झटरहित बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरु गरेको ‘श्रम डिजिटाजेसन’ अभियान अन्तिम चरणमा पुगेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा सुरु गरिएको उक्त अभियानको तयारी अन्तिम चरणमा पुगेको हो ।

अभियानमार्फत मन्त्रालय तथा यसअन्तर्गतका निकायहरूले प्रदान गर्दै आएको सम्पूर्ण सेवालाई सहज बनाउने छ । मन्त्रालयका अनुसार श्रमिक दर्ता, सामाजिक सुरक्षा कोषमा योगदान, वैदेशिक रोजगार अनुमति, श्रम स्वीकृति लगायतका सम्पूर्ण प्रक्रिया अब डिजिटल प्रणालीमार्फत सहज रूपमा सम्पन्न गर्न सकिने छ ।

उक्त ‘श्रम डिजिटाजेसन’ ले सेवाग्राहीलाई लाइनमा बस्नुपर्ने, कागजी प्रक्रिया भोग्नुपर्ने वा मध्यस्थको भर पर्नुपर्ने अवस्था अन्त्य गर्ने बताइएको छ । डिजिटाइजेसन अभियानले समय र स्रोतको बचतसंगै श्रम क्षेत्रमा सुशासन सुनिश्चित गर्ने र श्रमिकदेखि रोजगारदाता सबै पक्षलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

मन्त्रालयले यसलाई श्रमिक वर्गप्रति आफ्नो प्रतिबद्धताको जीवन्त उदाहरणका रूपमा लिएको बताउदै सरोकारवाला सबैले यस अभियानलाई सफल बनाउन आग्रह गरेको छ ।