Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

माओवादीको पार्टी कार्यालयमा शिक्षकको धर्ना

१३ शुक्रबार , भाद्र २०८२१७ दिन अगाडि

माओवादीको पार्टी कार्यालयमा शिक्षकको धर्ना

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएको शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पेरिसडाँडामा आज धर्ना दिएको छ । आज बिहान ११ : ०० बजेदेखि दिउँसो १ : ०० बजेसम्म २ घण्टा धर्ना दिन लागेको हो ।

यसअघि सरकारले महासंघसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले उक्त सहमति सच्याउन दबाब दिनका लागि राजनीतिक दलका कार्यालयमा धर्ना दिएको बताइएको छ । यसअघि महासंघले नेपाली काँग्रेस, नेकपा एमालेको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

आज माओवादीको पार्टी कार्यालयमा धर्ना सुरु गरेको महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत २ घण्टा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको बताएको छ ।