Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुकिला नोट सटही भदौ २९ गतेदेखि

१५ आइतबार , भाद्र २०८२१५ दिन अगाडि

सुकिला नोट सटही भदौ २९ गतेदेखि

नेपालीहरूकाे महान चाड बडादशैंकाे लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही भदौ २९ गतेदेखि सुरू गर्ने भएको छ । दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले सुकिला नोट सटहीकाे व्यवस्था गर्न लागेकाे हाे ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सटही कार्यक्रम २९ भदौदेखि असाेज १० गतेसम्म सञ्चालन हुने जनाएको छ । सर्वसाधारण तथा संघ–संस्थाहरूले सुकिला नोटहरू नेपाल राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी तथा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट बैंकिङ समयभित्र सटही गर्न सक्ने बताएकाे छ ।

यसअघ जस्तै राष्ट्र बैंकले यसवर्ष पनि दशैँ–तिहारजस्ता चाडपर्वहरूमा सार्वजनिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट वितरण गर्न लागेकाे हाे ।