Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१५ आइतबार , भाद्र २०८२१५ दिन अगाडि

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

गएरातिको अविरल वर्षा पछि गएकाे पहिराेका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्ग सडकअन्तर्गत कालिकोटको गगनेखोलामा गएकाे पहिराेका कारण राजमार्ग अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जनाएका छन् ।

कार्यालयका प्रमुख चौधरीका अनुसार अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालिकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको बताइएकाे छ । उनले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्न समेत सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएकाे बताएका छन् ।

त्यसैगरी अविरल वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ–गिरेगडा सडक पनि अवरुद्ध भएको छ । उक्त सडकखण्डको दशरथचन्द नगरपालिका–२, सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुंगा खसेर सडक अवरुद्ध भएको बताइएकाे छ ।

अहिले अवरुद्ध सडक खुलाउने प्रयास भएपनि ढुंगाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिएका छन् । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुंगाले गर्दा समस्या भएको बताइएकाे छ ।

यता सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै छ । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएका कारण गौराका लागि घर हिँडेका यात्री बीच बाटोमै अलपत्र परेका छन् ।