
नेपाली बजारमा सुनकाे भाउ निरन्तर उकालाे तर्फ लागेकाे छ । आज नेपाली बजारमा सुनकाे भाउ प्रति ताेला ३ हजारले बढेर उकालाे लागेकाे हाे ।
यसअघि शुक्रबार सुनको मुल्य प्रति तोला २ लाख ६ सयमा कारोबार भएको थियो । आजकाे मूल्य प्रति ताेला ३ हजारले बढेर तोलाको २ लाख ३ हजार ६ सयमा रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । त्यसैगरि आज चाँदीको मूल्य पनि तोलाको ६५ रुपैयाँले बढेर २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।