Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

विपद् जन्य घटनामा परी २ सय भन्दा बढीको मृत्यु

१५ आइतबार , भाद्र २०८२१५ दिन अगाडि

विपद् जन्य घटनामा परी २ सय भन्दा बढीको मृत्यु

२०८२ सालकाे वैशाखदेखि हालसम्मकाे विपद् जन्य घटनामा परी २ सय भन्दा बढीको मृत्यु भएकाे छ । गत वैशाख महिना यता देशभरकाे विपद् जन्य घटनामा परी २ सय भन्दा बढीको मृत्यु भएकाे हाे ।

वि.सं. २०८२ सालकाे वैशाखदेखि भदौ १४ गतेसम्म विपदका ३ हजार २ सय ८१ वटा घटनामा परि २ सय ७ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ । उक्त घटनामा परि २२ जना बेपत्ता छन् भने ७ सय ७४ जना घाइते भएकाे बताइएकाे छ ।

उक्त अवधिमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ्ग, आगलागी, हावा हुरी, असिना, सर्पदंश, लेक लाग्नु, जनावरको आक्रमण जस्ता विपद् जन्य घटना भएका थिए भने जसबाट ५ हजार ९ सय ६३ परिवार प्रभावित भएका छन् । साे अवधिमा सबैभन्दा धेरै सर्पले टोकेर ७२ जनाको मृत्यु भएको छ ।  

त्यसैगरि चट्याङ्ग लागेर ३१ जना, बाढीमा परी २७ जना पहिरोले १८ जनाको ज्यान गएको छ । त्यसैगरि आगलागीमा परि १५ जनाको मृत्यु भएकाे थियाे भने १६५ जना घाइते भएका छन् ।