Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुदूरपश्चिम प्रदेशकाे एकदुई स्थानमा भारी वर्षा हुने

१६ सोमबार , भाद्र २०८२१४ दिन अगाडि

सुदूरपश्चिम प्रदेशकाे एकदुई स्थानमा भारी वर्षा हुने

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिण तर्फ रहेकाे र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेकाले देशभरकाे माैसममा प्रभाव पारेकाे छ । उक्त प्रभावकाे कारण माैसम बदलीसँगै सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा वर्षा भइरहेको छ । दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी पहाडी र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । त्यसैगरि बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएकाे छ ।

राति देशभर साधारणतया बदली हुनुका साथै सुदूरपश्चिम प्रदेशका केही, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।