
चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ मा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकि छन् । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना गरिएको फिनाले कार्यक्रममा सोनाम ‘नेपाल आइडल’ सिजन ६ को विजेता बन्दै उपाधि हात पारेकि हुन् ।
आइतबार राति आयोजित ग्राण्ड फिनालेमा पाँच उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकि हुन् । यसअघि सिजन ३ मा सज्जा चौलागाईं पहिलो महिला विजेता बनेकी थिइन् भने गंगा नेपाल आइडल जित्ने दोस्रो महिला बनेकी छन् ।
विजेता बनेसँगै गंगाले उपाधिसँगै नगद २५ लाख रुपैयाँ, ट्रफी र अन्य थुप्रै पुरस्कार प्राप्त गरेकी छन् । गंगासँग प्रतिस्पर्धा गर्ने अन्य प्रतियोगीहरूमा अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), दर्शना गान्धारी (चितवन), र मृनल मानन्धर (काठमाडौं) बाट रहेका थिए ।
त्यस्तै यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप बनेर नगद १० लाख जित्न सफल भएकि छन् । त्यस्तै, दर्शना गान्धारी सेकेन्ड रनर अप घोषित भएर ५ लाख रुपैयाँ पुरस्कार पाएकि छन भने चौथो स्थानमा अभिनय खाति र पाँचौं स्थानमा मृनल मानन्धरले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।