
करेन्ट लागेर सिराहकाे दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । करेन्ट लागेर सिरहा नगरपालिका–४, रमौलमा बसोबास गर्ने इद महमदका १५ वर्षीय छोरा मोहमद अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायको मृत्यु भएको हो ।
इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेपछि गम्भीर घाइते भएका अम्मादको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार उनिहरुको मृत्यु भएको थियाे भने आज करेन्ट लागेर एक महिला घाइते भएकाे बताइएकाे छ ।