Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुनकाे मूल्य २ लाख ५ हजार नाघ्याे

१६ सोमबार , भाद्र २०८२१४ दिन अगाडि

सुनकाे मूल्य २ लाख ५ हजार नाघ्याे

नेपाली बजारमा सुनकाे मूल्य निरन्तर उकालाे चढ्नेक्रममा देखिएकाे छ । केहि दिनदेखि उकालाे लाग्न सुरू गरेकाे सुनकाे मूल्य आज प्रतिताेला २ लाख ५ हजार नाघेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य २ लाख ५ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । हिँजाे आइतबार सुन तोलामा २ लाख ३ हजार ६ सय रुपैयाँमा काराेबार भएको थियो ।

आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि बढेको छ । 

आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ भने आइतबार २ हजार ४ सय २५ रुपैयाँमा काराेबार भएको थियो ।