Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

१८औं पुस्तकालय दिवसको अवसर

१६ सोमबार , भाद्र २०८२१४ दिन अगाडि

 १८औं पुस्तकालय दिवसको अवसर

२०८२ भाद्र १५ गते पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान १८औं पुस्तकालय दिवसको अवसरमा बास नेपालले पुस्तकालयको महत्वबारे छलफल तथा एक जना उत्कृष्ट पाठकलाई सम्मान गरेको छ । बास नेपाल केन्द्रीय कार्यालयद्धारा सञ्चालीत असल शासन सुचना केन्द्र मार्फत बर्षभरी पुस्तकको अध्ययन, उपयोग तथा पुस्तकालयको महत्वका बारेमा प्रचार गरेको आधारमा उक्त सम्मान गरिएको हो । 

असल शासन सुचना केन्द्र मार्फत सबै भन्दा बढी पुस्तक अध्ययन गर्ने, उपयोग गर्ने र पुस्तकालयको महत्वका बारेमा प्रचार प्रसार गर्ने दिनेस चौधरीलाई सम्मान पत्र, खादा र मायाको चिनो सहित सम्मान गरिएको थियो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा असल शासन सुचना केन्द्रमा भएको कार्यक्रममा नेपालमा पुस्तकालयको इतिहास, महत्व र उपयोगका बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए । उत्कृष्ट पाठक सम्मान पश्चात बोल्दै सम्मानीत युवा दिनेस चौधरीले पुस्तकालयमा गएर पुस्तक पढ्न पाउदा अत्यन्तै खुसी लाग्ने बताए । उनले असल शासन सुचना केन्द्र मार्फत लोकसेवा, क्याम्पसका पुस्तकसँगै विभिन्न उपन्यास, जिवनी र धार्मिक तथा साहित्यीक पुस्तकहरु समेत पढ्ने अवसर पाएको बताए । उनले असल शासन सुचना केन्द्रले गर्दा उत्प्रेरणा थपिएको प्रतिक्रिया दिए । 

कार्यक्रममा स्वागत तथा असल शासन सुचना केन्द्रको बारेमा जानकारी गराउदै केन्द्रकी संयोजक रमिता शाहले पुस्तकालयमा सबै प्रकारका पुस्तकहरु र इन्टरनेटको समेत ब्यवस्था रहेकाले उपयोग गर्न सबैलाई अनुरोध गरिन् । असल शासन सुचना केन्द्र मार्फत गठन भएका रिडर्स क्लब, बिद्यार्थी र लोकसेवा तयारी तथा साहित्यमा रुची राख्ने युवाहरु बढी मात्रामा आउने गरेको बताइन् । कार्यक्रमको सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए ।