
चाडबाड सकेपछि आन्दोलनमा जाने घोषणा गरेका माओवादी अध्यक्ष प्रचण्ड आफ्नै पार्टीका जनार्दन शर्माले नेतृत्व फेरिनै पर्छ भन्ने अडानमा थकित र गलित देखिन थालेको स्थिति रहेको छ । सम्बन्ध तातेको छ ।
हुन त अध्यक्ष प्रचण्डले जनार्दनले नपत्याएर पार्टी आन्दोलन रोकिँदैन भनेका छन् । तर उपमहासचिव रहेका प्रभाकर अर्थात जनार्दनले शेषनागले काँध फेर्दैमा पृथ्वी नहल्लिने भन्दै प्रचण्डमाथि टिप्पणी गरेपछि अध्यक्ष प्रचण्ड आक्रोसित छन् ।
माओवादी नेतृत्व फेरिने कि अध्यक्षले सम्बन्ध सुधार्ने हुन्, चासो बढेको छ ।