
आज बिहान गोरखामा रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट गोरखा जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४१३१ नम्बरको रात्री बस भीमसेन थापा गाउँपालिका-३, मा दुर्घटना भएकाे हाे ।
बिहान ५ ४५ बजेतिरकाे समयमा रात्रि बस दुर्घटना भएको गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन् । डीएसपी सुवेदीका अनुसार घाइतेमध्ये ३/४ जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ ।
गोरखा दरौदी यातायात सेवा प्रालिको रात्रि बस आज बिहान दुर्घटना भएको हो र उक्त दुर्घटनाका घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि आरुघाट अस्पतालमा पठाइएकाे बताइएकाे छ । दुर्घटना ग्रस्त बस रुखमा अड्किएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।