Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

सप्तकोसीमा पानीकाे बहाव उच्च ३८ ढोका खाेलियाे

१७ मंगलबार , भाद्र २०८२१० महिना अगाडि

सप्तकोसीमा पानीकाे बहाव उच्च ३८ ढोका खाेलियाे

लगातारकाे वर्षाकाे कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएकाले बाढीको जोखिम न्यूनीकरण गर्न ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।  

गएराति गरिएको जलसतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ७३ हजार ९ सय २५ क्युसेक पुगेको बताइएकाे छ । हिँजाे दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

अहिले डुबानको प्रत्यक्ष जोखिम नभए पनि पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेकाले जलसतह बढिरहेकाे हुँदा सप्तकोसी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बताएका छन् ।