Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

लबिम मलमा SCT–UnionPay कार्ड बाहकहरूका लागि रु १ मा पार्किङ सुविधा

१८ बुधबार , भाद्र २०८२१२ दिन अगाडि

लबिम मलमा SCT–UnionPay कार्ड बाहकहरूका लागि रु १ मा पार्किङ सुविधा

काठमाडौँ, भाद्र १७ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड SCT ललितपुरको मुटु पुल्चोकमा  रहेको लबिम मल बिच SCT–UnionPay कार्डबाहकहरूका लागि प्रति घण्टा मात्र रु १ मा पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत SCT–UnionPay कार्डबाहकहरूले लबिम मल, पुल्चोकको अन्डरग्राउन्ड पार्किङमा ५ घण्टासम्म प्रति घण्टा मात्र रु १ को दरले पार्किङ सुविधा लिन सक्नुहुनेछ । यस सुविधा लिनका लागि ग्राहकले आफ्नो SCT–UnionPay कार्डबाट लबिम मलको पार्किंग रहेको POS मेसिनमा आफ्नो पार्किंग अवधि अनुसार प्रति घण्टा मात्र रु १ को दरले भुक्तानी गर्नु पर्नेछ । सेप्टेम्बर १, २०२५ (भाद्र १६, २०८२) देखि सुरु भएको यो सेवा सेप्टेम्बर महिना भर लागु हुनेछ ।

SCT–UnionPay डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT को कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नुहुनेछ । SCT–UnionPay कार्डबाहकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ ।