
लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । गायिका इन्दिराकाे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा गएराति निधन भएको हाे ।
लामाे समयदेखि क्यान्सर रोगबाट पीडित उनकाे क्यान्सरको उपचारकै क्रममा ५९ वर्षको उमेरमा निधन भएको हो । उनकाे २०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा-५, भारदेउमा जन्म भएकाे उनकाे दुई छोरी छन् ।
पाँच हजार भन्दा बढी गीतमा स्वर दिएकी उनले नेपाली लोक दोहोरी, तामाङ सेलो, देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन् । २०४५ सालमा रेडियो नेपालबाट गीत रेकर्ड गर्ने अवसर पाएकि इन्दिरा केही समय अघिसम्म गीत संगीत क्षेत्रमा व्यस्त रहेकि थिइन् ।
स्वर्गिय इन्दिराकाे शव राष्ट्रिय नाचघरमा राख्ने तयारी गरिएको र आजै बौद्ध परम्परा अनुसार अन्त्यष्टी गर्ने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ ।