Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अग्रेजी भाषा इम्बोस्ड नम्बर प्लेट प्रति आयोगकाे आपत्ति

१८ बुधबार , भाद्र २०८२१२ दिन अगाडि

अग्रेजी भाषा इम्बोस्ड नम्बर प्लेट प्रति आयोगकाे आपत्ति

सरकारी कामकाजी भाषा नेपाली भाषा भएकाे र संविधानले पनि त्यही व्यवस्था गरेकाले सवारी साधनको नम्बर प्लेट पनि नेपाली भाषामा नै हुनुपर्ने भन्दै अग्रेजी भाषाकाे इम्बोस्ड नम्बर प्लेट प्रति भाषा आयोगले आपत्ति जनाएको छ । आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिँदै सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको हाे ।

आयोगले सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै सवारी साधनको नम्बर प्लेट पनि नेपाली भाषामा नै हुनुपर्ने जनाएको छ । संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ ।

सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुने स्पष्ट पार्दै साेहि बमोजिम सबै तहका सरकारलाई गर्न गराउन स्पष्ट ब्याख्या गरेकाे बताइएकाे छ ।

आयोगका अध्यक्ष डा गोपाल ठाकुरका अनुसार आयोगले संवैधानिक दायित्व समेत बोध गर्दै देवनागरी लिपीमा विद्युतीय संकेत संख्या राख्न भदौ १ को निर्णयानुसार नेपाल सरकारको पुनः ध्यानाकर्षण गराएको बताइएकाे छ ।