Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुनको मूल्य निरन्तर वृद्धि, ताेलाकाे २ लाख ८ हजार नजिक

१८ बुधबार , भाद्र २०८२१२ दिन अगाडि

सुनको मूल्य निरन्तर वृद्धि, ताेलाकाे २ लाख ८ हजार नजिक

नेपाली बजारमा सुनकाे मूल्य निरन्तर उकालाे लाग्ने क्रममा रहेकाे छ । केहि दिनदेखि उकालाे लग्न सुरू भएकाे सुनकाे मूल्य आज झण्डै २ लाख ८ हजार हारहारी पुगेकाे हाे ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९०० कायम भएको छ । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

हिँजाे प्रतितोला २ लाख ५ हजार ९ सयमा कारोबार भएको सुनकाे मूल्य आज प्रतितोला २ हजार बढेको हो । यता चाँदीको मूल्यमा भने केहि गिरावट आएकाे छ । चाँदी प्रतितोला ५ रूपैयाँले घटेर २ हजार ४ सय ८० रूपैयाँ कायम भएको छ ।

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएकाे छ ।