
अर्घाखाँचीमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४, मा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको हाे ।
श्रीमती ३४ वर्षीय सुमित्रा कुमाल गुरुङको हत्या गरेको अभियोगमा उनकाे पति ३६ वर्षीय किरण गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियाे ।
प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको थियो भने यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे बताइएकाे छ ।