
नेपाल प्रहरीकाे नयाँ नेतृत्वमा चन्द्र कुबेर खापुङ आउन लागेका छन् । हिजोदेखि आइजीपी दीपक थापा अनिवार्य अवकाशमा गएपछि खापुङ प्रहरीको नेतृत्वमा आउन लागेका हुन् ।
चन्द्र कुबेर खापुङले नेपाल प्रहरीका ३२औँ महानिरीक्षक बनेर आजदेखि कमान्ड सम्हाल्ने छन् भने आजै उनलाई गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेकाे छ । दर्ज्यानी चिन्ह प्रदान गरे लगतै उनले पदभार ग्रहण गर्ने तयारी रहेको छ ।
यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुख रहेका खापुङ आगामी कात्तिक २७ मा अनिवार्य अवकाशमा जानेछन् । खापुङले प्रहरीको नेतृत्व सम्हालेसँगै सीआईबीसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रहरी एकेडेमी र प्रशासन विभागमा एआईजी दरबन्दी रिक्त भएका छन् ।
उक्त रिक्त रहेका पदहरूमा छिट्टै पदपूर्ति गर्ने सरकारको तयारी छ ।