Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अज्ञात रोगबाट तीन कैदीको मृत्यु, एक दर्जन बढि बिरामी

१९ बिहिबार , भाद्र २०८२११ दिन अगाडि

अज्ञात रोगबाट तीन कैदीको मृत्यु, एक दर्जन बढि बिरामी

सुनसरीको झुम्का कारागारमा अज्ञात रोगका कारण ३ जना कैदी बन्दीको मृत्यु भएको छ । अज्ञात रोगका कारण कारागारमा चार दिनभित्र ३ जना कैदी बन्दीको मृत्यु भएको हाे ।

उक्त कारगारमा कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएपछि उपचारका क्रममा उनिहरूकाे मृत्यु भएको बताइएकाे छ । त्यसैगरि अहिले उच्च ज्वरोका कारण १३ जना विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरानमा उपचाररत छन् ।

यसअघि भदाै १५ गते एक जना र १६ गते अर्का एक कैदीको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दा र लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीको गढी गाउँपालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो ।

त्यस्तै बुधबार साँझ अचानक बेहोस् भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि पुर्‍याइएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको थियाे । अहिले कारागारमा विरामी बढ्न थालेपछि  जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधबार रातिदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सुनसरीकाे झुम्का कारागारमा अहिले १७ सय ९५ जना कैदी रहेको कारागार प्रशासनले जनाएको छ ।