
नेपाल प्रहरीको नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइ खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
समारोहमा बोल्दै नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले सरकारले दिएको जिम्मेवारी निष्ठापूर्ण, अनुशासित र प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा नागरिकलाई राज्यमाथिको विश्वास र भरोसा अभिवृद्धि गर्न सधैँ प्रयत्नरत रहने प्रतिवद्धता समेत जनाएका छन् ।
२०२७ मंसिर २३ मा तेह्रथुममा जन्मिनुभएका खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवा प्रवेश गरेका थिए । यहि भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो भने उनले आजैबाट प्रहरी महानिरीक्षकको पदभार ग्रहण गरेका छन् ।