Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

काठमाडौंमा ‘शान्त तथा अवरोधमुक्त छिमेकी’ अभियान सुरु गरिदै

१९ बिहिबार , भाद्र २०८२११ दिन अगाडि

काठमाडौंमा ‘शान्त तथा अवरोधमुक्त छिमेकी’ अभियान सुरु गरिदै

काठमाडौं उपत्यकामा ‘शान्त तथा अवरोधमुक्त छिमेकी’ अभियान सुरु गर्न लागिएको छ । अभियान अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी’ अभियान सुरु गर्दै ठूलो आवाज आउने गतिविधिहरुमा रोक लगाएको छ ।

प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गर्दै, ध्वनि प्रदूषणले गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्ने जनाउदै उक्त गतिविधि नगर्न अभियान सुरु गर्न लागेको हो । राति अनावश्यक रूपमा चर्को आवाज नगर्न, अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्न, टिभी वा म्युजिक सिस्टम खोलेर नसुत्न, ढोकाको बेल नबजाउन र बिहान खोक्ने-खकार्ने नगर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै प्रहरीले ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न पनि सुझाव दिएको छ भने अशान्ति फैलाउने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको बताइएको छ ।

प्रहरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी’ अभियान सुरु गर्न लागेकाले यदि कोही कसैले यस्तो अशान्तिपूर्ण व्यवहार गरेमा प्रहरी नम्बर १०० वा १०३ मा जानकारी दिन सकिने समेत उल्लेख गरेको छ ।