Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

२० शुक्रबार , भाद्र २०८२१० महिना अगाडि

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । हिँजाे भदाै १९ गते दिउँसाे २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि संघीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गडबडी गरेकाे ठहर गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडा अहिले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति बनेका हुन् । यता संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले १० भदौमा  राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन् ।

आज कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ सवा ५ बजे बस्ने बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकले खतिवडालाई सभापति घोषणा गर्नेछ ।