Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अमेरिकाबाट १९ जना नेपाली डिपोर्ट

२० शुक्रबार , भाद्र २०८२१० दिन अगाडि

अमेरिकाबाट १९ जना नेपाली डिपोर्ट

अमेरिकाले १९ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा डिपोर्ट गरेको १९ जनालाई हिँजाे साँझ ७ बजे अमेरिकी चार्टर्ड फ्लाइटमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि अध्यागमन कार्यालयले प्रहरीको समन्वयमा छाडेको छ ।

अमेरिकाबाट डिपोर्ट हुनेहरूमा २ जना महिला र १७ जना पुरुष रहेका छन् । उनीहरूलाई अमेरिकी अध्यागमनसम्बन्धी कानुनको उल्लंघन गरेको कारण देखाई डिपोर्ट गरिएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अन्जन न्यौपानेले जनाएका छन् ।

विमानस्थलबाट बाहिरिएलगत्तै डिपोर्ट भएकाहरूसँग नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरेको थियाे । प्रहरीले उनीहरू दलालबाट ठगिएको हुनसक्ने आशंकामा विस्तृत जानकारी लिएकाे र कसैले दलालबारे उजुरी दिएमा प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

उनीहरूलाई प्रहरीको सोधपुछपछि मात्रै घर जान दिइने बताइएको छ ।