Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुन चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

२० शुक्रबार , भाद्र २०८२१० दिन अगाडि

सुन चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

निरन्तर उकालाे लागेकाे सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । एकाएक उकालाे लागेकाे सुनकाे मूल्यले एक साताकाे अन्तरालमा ताेलामा करिब १० हजार रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेकाे हाे ।

आज नेपाली बजारमा सुनको मूल्य बृद्धि भएर प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिनको तुलनामा आज २ हजार ५ सय रुपैयाँले मूल्य बढेको हाे । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको सुनकाे मूल्य आज २ हजार ५ सयले बढेर प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हाे ।

त्यसैगरि चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १० रुपैयाँ बढेर २ हजार ४ सय ९० रुपैयाँ पुगेकाे छ भने चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।