Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

विद्यार्थीको अभाव हुँदै गएकोप्रति मन्त्री सिंहकाे चिन्ता

२० शुक्रबार , भाद्र २०८२१० दिन अगाडि

विद्यार्थीको अभाव हुँदै गएकोप्रति मन्त्री सिंहकाे चिन्ता

पछिल्लाे समय सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले चिन्ता व्यक्त गरेका छन् । मन्त्री सिंहले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै चिन्ता व्यक्त गरेका हुन् ।

मन्त्री सिंहले बसाईंसराई लगायतका विभिन्न कारणले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएको बताए । उनले विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको बताउँदै राजनीतिक परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरू रोजेर पढ्न सक्ने भएकाे उल्लेख गरेका छन् ।

त्यसैगरि अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई रोक्न नसकिने स्पष्ट पार्दै उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्ने बताए ।