
मनसुनको प्रभाव देशभर रहेकाले देशभरकाे माैसम आंशिक बदली देखि केहि स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ । अहिले कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली भइरहेकाे छ भने बाँकी भूभागमा आंशिक बदलीसँगै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरको पहाडी भूभागमा सामान्य बदली हुनुका साथै बाँकी भूभागमा आंशिक बदली र देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कोशी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सचेत रहन आग्रह गरेको छ ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा सामान्य बदली हुने तथा बाँकी भूभागमा आंशिक बदली हुनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेकाे बताइएकाे छ । त्यस्तै कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
कोशी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।