Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

निजामती सेवा पुरस्कार महानिर्देशक बराललाई

२२ आइतबार , भाद्र २०८२८ दिन अगाडि

निजामती सेवा पुरस्कार महानिर्देशक बराललाई

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई. मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । सरकारले निजामती सेवा दिवसको अवसरमा पुरस्कार प्रदान गरेको हो ।

सरकारले जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत उनलाई यो पुरस्कार प्रदान गरेको बताइएको छ । आज नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बराललाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, संघीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ लगायतको उपस्थित रहेको थियो ।