Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुन प्रतितोला २ लाख १२ हजार

२२ आइतबार , भाद्र २०८२८ दिन अगाडि

सुन प्रतितोला २ लाख १२ हजार

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । निरन्तर उकालो लागिरहेको सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गर्दै २ लाख १२ हजार रुपैयाँ पुगेको हो ।

आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ भने यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो कारोबार दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख १२ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्यले आकासेसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि चाँदी प्रतितोला २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

बढ्दो अन्तर्राष्ट्रिय बजार मूल्य र भू-राजनीतिक अस्थिरताका कारण नेपालमा पनि सुनचाँदीको भाउ लगातार उकालो लागिरहेको व्यवसायीहरू बताउँछन् । यसले गर्दा लगानीकर्ता र उपभोक्ता दुवैमा प्रभाव परेको छ भने नेपाली बजारमा सुन र चाँदीको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ ।