Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आज कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने

२३ सोमबार , भाद्र २०८२२ महिना अगाडि

आज कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने

आज देशभरकाे माैसम साधारणदेखि आंशिक बदली हुनुका साथै कोशी र बागमती प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेकाले माैसममा परिवर्तन आएकाे हाे ।  

जल तथा मौसम विभागका अनुसार देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने जनाइएको छ  । त्यस्तै देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएकाे छ । 

कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू-भागका केही स्थान तथा बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेशका पहाडी र तराइ भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएकाे छ ।