Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

काठमाडौंमा जेन-जी पुस्ताकाे प्रदर्शन

२३ सोमबार , भाद्र २०८२७ दिन अगाडि

काठमाडौंमा जेन-जी पुस्ताकाे प्रदर्शन

आज काठमाडौंमा जेन-जी पुस्ताले देशमा भइरहेकाे भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने भएकाे छ । आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागेकाे हाे ।

उनीहरूले भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन प्रदर्शन गर्न लागेकाे र आफ्नो आन्दोलन शान्तिपूर्ण हुने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनिहरुले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको उल्लेख गरिएको छ । त्यसैगरि  प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड लगायतका क्रियाकलाप नगर्न पनि आग्रह गरिएकाे छ ।

जेन-जीको प्रदर्शनलाई राजनीति दलका नेता, कलाकार लगायतले समर्थन जनाएका छन् भने मेयर बालेन साहदेखि कुलमान घिसिङले समेत ऐक्यवद्धता जनाएकाे जेन-जीको प्रदर्शनलाई लिएर काठमाडौंको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।