
त्रिभुवन विश्वविद्यालयले सायाैँकाे संख्यामा उपप्राध्यापक पदमा दरखास्त आह्वान गरेकाे छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा झण्डै ३ सय उपप्राध्यापक पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
जसअन्तर्गत सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जना, कानुन विषयमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना उपप्राध्यापक पदमा विज्ञापन खुलाएको हाे ।
अरू विषयहरुमा दोहोरो अंकको माग संख्या नभएकाे उपप्राध्यापक पदकाे दरखास्त दिने म्याद भदौ २९ गतेदेखि कात्तिक १२ गतेसम्म रहेकाे छ । त्यसपछि दोब्बर दस्तुर तिरेर कात्तिक १९ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएकाे छ ।
उक्त उपप्राध्यापक पदहरूका लागि त्रिवि सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त दिन सकिने पनि सूचनामा उल्लेख गरिएकाे छ ।