Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

म्याग्दीको तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु

२३ सोमबार , भाद्र २०८२७ दिन अगाडि

म्याग्दीको तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु

म्याग्दीमा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । खानी तथा भू-गर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेकाे हाे ।

मालिका गाउँपालिकाकाे वडा नं ३ र ४ को सिमानामा रहेकाे ओखरबोट तामाखानी अन्वेषण गर्न सुरू गरिएकाे हाे । तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिएका छन् ।

विसं २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिएकाेमा प्रविधिको अभाव र आम्दानी भन्दाबढी राज्यलाई कर तिर्नुपर्ने भएपछि उक्त तामाखानी बन्द भएको थियाे । अहिले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखित रुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको बताइएकाे छ ।