Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बर्बर हत्या र प्रदर्शनमा घाइते पत्रकारबारे प्रेस विज्ञप्ति

२४ मंगलबार , भाद्र २०८२६ दिन अगाडि

बर्बर हत्या र प्रदर्शनमा घाइते पत्रकारबारे प्रेस विज्ञप्ति

नयापुस्ता (Zen-Z) को आव्ह्वानमा डिजिटल अधिकार,भ्रष्ट्राचार, पारदर्शिता र उत्तरदायी शासनको माग गर्दै  भएको प्रदर्शनमा सरकारबाट भएको बर्बर दमनबाट उत्पन्न विषम परिस्थितिप्रति श्रमजीवी–पत्रकार संघ, नेपाल घोर भत्र्सना एवं निन्दा गर्दछ। यो घटना आधुनिक लोकतन्त्रमा अत्यन्तै कालोदिन भएको हाम्रो संगठनले ठहर गरेको छ ।

प्रदर्शनको क्रममा सरकारबाट भएको बर्बर दमनबाट मारिएका “वीर सहिद”प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाहरूको सहादतको सम्मान गर्दछौँ । साथै, “वीर सहिद”को शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
त्यस्तै आज प्रदर्शनका क्रममा भएको घटनामा आप्mनो कर्तव्यका लागि फिल्डमा खटिएका ४ जना पत्रकार साथीहरू घाइते हुनुभएको खबरले हामी मर्माहत भएका छौं । घटनामा कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नया“ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपालप्रेस डटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाल घाइते हुनुभएको छ । घाइते ढुंगानाको पाटन अस्पतालमा उपचार भइरहेको छ । हामी घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

यस क्रूर हिंसाका लागि वर्तमान सरकार सम्पूर्ण रूपमा जिम्मेवार रहेको छ । यस्तो जघण्य परिस्थिति सिर्जना गर्न जिम्मेवार प्रधानमन्त्री, गृह मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रिले सम्पूर्ण घटनाको जिम्मेवारी लिई तत्काल राजीनामा दिनुपर्छ । साथै, बर्बरतापूर्ण दमनमा संलग्न सबैलाई तत्काल बर्खास्त गरी कारबाहीको दायराभित्र ल्याउन माग गर्दछ । साथै, यस घटनाको न्यायिक छानबिन समिति तत्काल गठन गर्न जोडदार माग गर्दछ ।

२३ भदौ २०८२