Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

आन्दोलन गर्ने समाचार बाहिरिएपछि सुरक्षा व्यवस्था कडा

२६ बिहिबार , भाद्र २०८२१० महिना अगाडि

आन्दोलन गर्ने समाचार बाहिरिएपछि सुरक्षा व्यवस्था कडा

काठमाडौंमा संविधान रक्षार्थ आन्दोलन सुरु गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ । जेनजीकाे प्रदर्शन पछि कर्फ्यू लगाइएकाे काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाइएकाे हाे ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको बताइएकाे छ । काठमाडौंको माइतीघर, कालीमाटी, नक्साल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरूमा सेनाले गस्ती गरिरहेको छ ।

संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरूले आन्दोलन गर्ने समाचार बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरू खटिएका छन् भने सेनाले सवारी साधनमा हिँड्नेहरूलाई चेकजाँच गर्दै उनीहरूलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ ।