Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आज देशभरकाे माैसमी बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने

२७ शुक्रबार , भाद्र २०८२३ दिन अगाडि

आज देशभरकाे माैसमी बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने

देशभरकाे माैसम सामान्यदेखि पूर्ण बदली भएकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको हाे ।

अहिले मनसुनको प्रभावकाे कारण कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशभरकाे माैसम सामान्यतया बदली रहनुका साथै देशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै कोशी, गण्डकी प्रदेशको पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभरकाे माैसम सामान्यतया बदली रहनेछ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेकाे बताइएकाे छ । त्यस्तै मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले नदीतट तथा भिरालो जमिन नजिकका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ ।