Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नयाँ बसपार्कबाट यातयात सञ्चालन हुन थाल्याे

२७ शुक्रबार , भाद्र २०८२३ दिन अगाडि

नयाँ बसपार्कबाट यातयात सञ्चालन हुन थाल्याे

काठमाडाैँकाे नयाँ बसपार्कबाट यातयात सेवा सञ्चालन हुन थालेका छन् । भदौ २३ र २४ गते ’जेनजी’ आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक यातयात सेवा आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् ।

आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । यसअघि यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन दिएको थियो ।

तर,आज सवारीसाधनहरू आफूखुसी बाहिरिएकाे बताइएकाे छ । यता महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जनाइएकाे छ ।