Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

चाडबाड लक्षित सहुलियत पसल सञ्चालन हुने

२७ शुक्रबार , भाद्र २०८२३ दिन अगाडि

चाडबाड लक्षित सहुलियत पसल सञ्चालन हुने

नेपालीहरूकाे महान पर्व बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । यहि भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गर्न लागिएकाे हाे ।

हुम्लामा विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको व्यापार कम्पनी बताएकाे छ । कम्पनीका अनुसार चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने बताउँदै खाद्यान्न र चिनीमा प्रतिकेजी ५ रुपैयाँ र तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइनेछ ।