Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

काठमाडौं महानगरका विद्यालयहरू भाेलिदेखि खुल्ने

२९ आइतबार , भाद्र २०८२९ महिना अगाडि

काठमाडौं महानगरका विद्यालयहरू भाेलिदेखि खुल्ने

काठमाडौंमा जेनजीकाे प्रदर्शनका कारण सिर्जना भएकाे असहज परिस्थितिसँगै बन्द भएकाे विद्यालयहरू सोमबारदेखि सञ्चालन हुने भएकाे छ । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरू भाेलि साेमबारदेखि महानगरपालिकाको शिक्षा विभागले मनोसामाजिक परामर्शसहित भौतिक रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हाे ।

आजदेखि नै विद्यालय व्यवस्थापन र शिक्षकहरूलाई पठनपाठनका लागि आवश्यक तयारी थाल्न आग्रह गरिएको महानगरले विद्यालयकाे अवस्था हेरि साेमबारदेखि सबै विद्यालयहरूलाई भौतिक रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जनाएका छन् ।

यस क्रममा विद्यालयमा कुनै क्षति पुगेको भए त्यसको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न र उनीहरूलाई ढुक्कसँग विद्यालय पठाउन सकिने वातावरण बनाउन सूचित गरिएको छ । महानगरले बालबालिकाको मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै प्रारम्भिक चरणमा मनोसामाजिक परामर्शलाई प्राथमिकता दिएर विषम परिस्थितिबाट गुज्रिएका बालबालिकाहरूलाई सामान्य अवस्थामा फर्काउनका लागि यो कदम महत्त्वपूर्ण हुने विश्वास लिइएको बताइएकाे छ ।

यसअघि भदौ २३ र २४ गते देशमा उत्पन्न असहज अवस्थाका कारण विद्यालयहरू बन्द भएका थिए । केहि दिनदेखिकाे बन्दाबन्दीले बालबालिकाको सिकाइमा पारेको असरलाई न्यूनीकरण गर्न र उनीहरूलाई नियमित पठनपाठनमा फर्काउन महानगरपालिकाले यो कदम चालेको हो ।