
केहि दिनदेखिकाे देशकाे विषम परिस्थिति सामान्य बन्दै गएसँगै सार्वजनिक यातयात चल्न थालेका छन् । आजदेखि सार्वजनिक सवारी साधनहरू पूर्ण रूपमा सञ्चालनमा आएका हुन् ।
देशकाे विभिन्न भागमा लगाइएकाे निषेधाज्ञा र कर्फ्यू हटाइएपछि काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हाे । आजदेखि होटल, किराना पसल र सरकारी कार्यालयहरू,विद्यालयलगायत विभिन्न निजि कम्पनी तथा कार्यालयहरू पनि खुल्न थालेका छन् ।
हिँजाे शनिबारदेखि केही सार्वजनिक यातायातहरू चक्रपथ क्षेत्रमा चले थालेकाे भएपनि आज आइतबारदेखि चक्रपथसहित भित्री सडक र उपत्यका बाहिर पनि सेवा सुचारु भएको हाे । सार्वजनिक सवारी सञ्चालन भएसँगै लामो समयदेखि यातायातको समस्या झेल्दै आएका आम सर्वसाधारणले सहज महसुस गरेका छन् भने सरकारी कार्यालयहरू पनि पूर्ण क्षमतामा सञ्चालनमा आउँदा सेवाग्राहीहरूलाई राहत मिलेको छ ।
अहिले पनि स्थानीय प्रशासनले जनजीवन सामान्य बनाउनका लागि आवश्यक समन्वय गरिरहेको छ भने यस क्रममा, सुरक्षा मापदण्ड र स्वास्थ्य प्रोटोकलहरू पालना गर्न सबैलाई आग्रह गरिएको छ ।