
जेनजी आन्दाेलनकाे क्रममा आजगनी गरिएको चुचेपाटी स्थित भाटभटेनी सुपर स्टोरमा जलेकाे अवस्थामा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको हो ।
काठमाडौँ महानगरपालिका-७, बौद्धकाे चुचेपाटी स्थित भाटभटेनी सुपर स्टोरकाे आजगनी परेका ६ वटा शव भेटिएको बताइएकाे छ ।
प्रहरी परिसरका एसएसपी विश्व अधिकारीका अनुसार ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा नरहेकाे र अहिले शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।