Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नव नियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

२९ आइतबार , भाद्र २०८२१५ घण्टा अगाडि

नव नियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

नेपालकाे ४२ औँ प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेकी छन् । जेनजी आन्दोलनको बलमा भएकाे परिवर्तन पछि शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले आज सिंहदरबार स्थित गृहमन्त्रालयकाे नयाँ भवनमा पदभार ग्रहण गरेकी हुन् ।

शुक्रबार नियुक्त भएकी पहिलाे महिला प्रधानमन्त्री कार्की मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा ऐतिहासिक जिम्मेवारी सम्हालेकी हुन् । उनलाई सिंहदरबार पुग्दा कर्मचारीहरूले भव्य स्वागत गरेका थिए ।

जनजी आन्दोलनले सृजना गरेको परिवर्तनको लहरपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

लैनचौरस्थित शहीद स्मारक पुगेर देशका लागि प्राण आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी प्रधानमन्त्री कार्कीले शहीदहरूको त्याग र बलिदानको सम्मान गर्दै अबको सरकार सुशासन, पारदर्शिता र जनहितका लागि समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

नव नियुक्त प्रधानमन्त्री कार्की सामु जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्दै देशलाई समृद्धिको मार्गमा अघि बढाउने चुनौती र अवसर दुवै उतिकै रहेका छन् ।