Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

​जेन-जी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

२९ आइतबार , भाद्र २०८२१४ घण्टा अगाडि

​जेन-जी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

भदाै २३ र २४ गते भएकाे जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरू लाई शहीद घोषणा गरिने भएकाे छ । अन्तरिम सरकारकाे प्रधानमन्त्री  सुशीला कार्कीले ​जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने र प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने पहिलाे निर्णय गरेकी छन् ।

प्रधानमन्त्री  कार्कीले आज पदभार ग्रहण गर्दै उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् । हालसम्म आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको बताइएकाे छ छ ।

आन्दोलनका क्रममा १ सय ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।