Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

वैदेशिक अध्यनका लागि एक महिनामै बाहिरियाे १४ अर्ब ३१ करोड

३१ मंगलबार , भाद्र २०८२९ महिना अगाडि

वैदेशिक अध्यनका लागि एक महिनामै बाहिरियाे १४ अर्ब ३१ करोड

विदेशमा अध्यन गर्न जानेकाे लहर चलेसँगै पछिल्लाे एक महिनामा वैदेशिक अध्यनका लागि १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपालमाै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम बढेसँगै उक्त रकम बाहिरिएकाे हाे ।

अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको र एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएकाे छ । राष्ट्र बैंकका अनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड रकम विदेशिएकाे छ भने गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड रहेकाे थियो । चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २ं.८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोडले घाटामा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय  ४ अर्ब ७७ करोड थियो ।