Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

०२ बिहिबार , आश्विन २०८२९ महिना अगाडि

उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

दशैँ, तिहार, छठ लगायतका चाडपर्व नजिकिएसँगै उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले यात्रुको सहजतालाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरेकाे हाे ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोगमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको हाे । जसअनुसार नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गरिएकाे बताइएकाे छ ।

चाडपर्व लक्षित उक्त स्थानको यात्रु सहायता कक्ष सञ्चालनमा आएसँगै यात्रुलाईग सहजता मिल्नुका साथै यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीसहितको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको जाँच गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन् ।